राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गर्नुभएको हो । सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गर्नुभएको छ ।