केप टाउन कन्भिन्सनको पक्ष राष्ट्रका लागि नेपालले प्रक्रिया अघि बढाउँदै

आषाढ ८, २०८२ आइतबार
केप टाउन कन्भिन्सनको पक्ष राष्ट्रका लागि नेपालले प्रक्रिया अघि बढाउँदै

केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुन नेपालले प्रक्रिया अघि बढाउने भएको छ ।  आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुनका लागि नेपालले प्रक्रिया अघि बढाउने तयारी गरेको बताउनुभएको हो । हवाई टिकट मूल्य घटाउन राष्ट्रिय एयरलाइन्सको संख्या बढाउनुपर्ने तर नेपालसँग जहाँज किन्नका आर्थिक अभाव रहेको बताउनु भयो । उहाँले आर्थिक अभावलाई मध्यनजर गरेर सरकारले केप टाउन कन्भिन्सनमार्फत भाडामा जहाँज लिनेगरी छलफल अघि बढाएको जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images