काठमाडौं—दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयोः सांसद महासेठ

आषाढ ८, २०८२ आइतबार
काठमाडौं—दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयोः सांसद महासेठ

नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महंगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभएको छ ।  आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालीहरुले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद् भएको बताउनु भयो । उहाँले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताउनु भयो । यस्ता कुराहरुको ब्रेक उड्डयनमन्त्रालयले गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल—भारत हवाई मात्रा बढाउनुपर्ने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images