अष्ट्रेलियामा सडक दुर्घटनामा घाइते हुनेको संख्या बढिरहेको छ । पुरुष, क्षेत्रीय समुदाय र पैदल यात्रीहरू सबैभन्दा बढी प्रभावित भएको नयाँ अनुसन्धानले देखाएको छ । एडिलेडस्थित फ्लिन्डर्स विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार सडक दुर्घटना प्रमुख समस्या बनेको छ । जसमा हरेक दिन अनुमानित चार जनाको मृत्यु र ९० जना गम्भीर घाइते हुने गरेका छन् ।