जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शनिवारदेखि शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा शनिवार शुरु भएको बैठक आईतवारसम्म चल्ने पार्टी प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिनुभयो । उहाँले बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा भएको जानकारी दिनुभयो । शनिवारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा चलिरहेको विवादका बारेमा जानकारी गराउनुभएको बताउनु भयो । जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ ।