संघीयता र बजेट कार्यान्वयनमा भएका कमी,कमजोरीको समीक्षा गर्ने समय भयोः सांसद भट्टराई

आषाढ ७, २०८२ शनिबार
संघीयता र बजेट कार्यान्वयनमा भएका कमी,कमजोरीको समीक्षा गर्ने समय भयोः सांसद भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले संविधान बनाएको १० वर्ष बितिसकेकोले अब समीक्षा गर्ने समय आएको बताउनुभएको छ ।  शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले संघीयताको कार्यान्वयनमा र बजेट कार्यान्वयनमा भएका कमीकमजोरीसँगै राम्रा पक्षका विषयमा समीक्षा गर्ने समय आएको बताउनुभएको हो । उहाँले नेपालको संविधान उत्कृष्ट बनाएको दाबी गरिरहेपनि अलिकति इमोशनल र दवावबाट प्रेरित हुनुपरेको स्मरण गर्नुभयो । तीन तहको सरकारले काम कसरी गरिरहेका छन्, कमी कहाँ छ ? त्यसबारेमा सोच्नुपर्ने समय आएको बताउँदै  नेपालको जस्तो भूगोल भएको मुलुकमा ७ सय ५३ स्थानीय तह आवश्यक नभएको र करिब ५ सय स्थानीय तह बनाउनुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images