नेकपा एमालेका सांसद योगेश भट्टराईले २०४८ सालपछि एकाधबाहेक विनियोजन शिर्षकमाथिको छलफलमा मन्त्रीहरुको आलोचनामात्र हुने गरेको बताउनुभएको छ । शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माण प्रक्रिया सहभागितामूलक हुन नसक्दा मन्त्रीहरुले आलोचना खेप्नुपरेको बताउनु भयो । उहाँले बजेट विनियोजनको सन्दर्भमा मन्त्रीहरु निर्वाचत क्षेत्रगत भए की अथवा कुनै दवावबाट प्रभावित भए भन्ने आधारमा बजेट विनियोजन भइरहेको टिप्पणी गर्नुभयो ।