संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन्ः सचिव भट्टराई

आषाढ ७, २०८२ शनिबार
संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन्ः सचिव भट्टराई

नेकपा एमाले सचिव योगेश भट्टराईले संसदप्रति मन्त्रीहरु जिम्मेवार नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।  प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकै पटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गर्नुभयो । उहाँले संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गर्नुभयो । संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images