राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ । पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी स्थापनाका दिनदेखि आजसम्म सहयोग र साथ दिने सबैलाई धन्यवाद दिनुभएको थियो ।