राष्ट्रिय स्वतन्त्र पाटींकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गर्नुभएको छ । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताउनु भयो । उहाँले सरकारले संसदीय छानविन समिति, उच्चस्तरीय छानविन आयोग किन नबनाएको भन्दै प्रश्न गर्नुभयो । उहाँले जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्ने उहाँको प्रश्न छ । सरकार निर्बलको लागि हो की शक्तिशालीहरुको भन्दै प्रशन गर्नुभयो ।