प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित रहेको बताउनुभएको छ । शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग योगको सम्बन्ध रहेको बताउनु भयो । उहाँले योगको सम्बन्ध परलोकसँग नभइ यही लोकसँग सम्बन्धित रहेको जिकिर गर्नुभयो । उहाँले यदी यम नियम मानिँदैन भने जति आसन र प्राणयाम गरे पनि समाजका लागि फाइदा नहुने बताउनु भयो ।