लेबनानी नेता र अमेरिकी कुटनीतिज्ञबीच भेट

आषाढ ७, २०८२ शनिबार
लेबनानी नेता र अमेरिकी कुटनीतिज्ञबीच भेट

लेबनानी नेताहरूले टर्कीका लागि अमेरिकी राजदुत र सिरियाका लागि विशेष दुत थोमस ब्यारेकसँग भेट गरेका छन्  । ब्यारेकसँगको कुराकानीको क्रममा लेबनानी राष्ट्रपति जोसेफ आउनले संयुक्त राज्य अमेरिकालाई लेबनानको पुनर्लाभलाई समर्थन गर्न, विशेष गरी दक्षिणमा स्थिरता सुनिश्चित गर्न आह्वान गर्नुभयो । आउनले कब्जा गरिएका पहाडहरूबाट इजरायली सेना फिर्ता हुन र लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलको जनादेश नवीकरण गर्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता रहेको बताउनु भयो । लेबनानी प्रधानमन्त्री नवाफ सलामले पनि ब्यारेकसँग क्षेत्रीय अवस्थाको बारेमा छलफल गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images