२०२४ मा अस्ट्रेलियामा कुल बसाईंसराइ ३० प्रतिशतभन्दा बढीले घटेको छ । जसले गर्दा देशको जनसंख्या वृद्धि तीन वर्षकै न्युन बिन्दुमा पुगेको हो । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले आधिकारिक तथ्याङ्क जारी गर्दै २०२४ मा अस्ट्रेलियाको राष्ट्रिय जनसंख्या १.७ प्रतिशतले अर्थात ४ लाख ४५ हजार ९ सयले बढेर २७.४ मिलियन पुगेको देखाएको छ । यो २०२३ मा अस्ट्रेलियाको जनसंख्या २.४ प्रतिशतले बढेको र २०२१ मा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमाना बन्द भएयता एक क्यालेण्डर वर्षको सबैभन्दा कम वृद्धि दरको तुलनामा गिरावट हो ।