प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभएको छ । शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेको र कृषिको आधुनिकीकरण भइरहेको पनि बताउनु भयो । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा निराशा पैदा गर्न नहुने बताउनु भयो । आफैँले गर्नसक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हाँसिल हुने बताउनु भयो । देशलाई दुर्गम देशबाट सुगम देशमा परिणात गरिएको बताउनु भयो । बहुआयामिक ढंगले चौतर्फी विकासमा लागेको बताउनु भयो ।