प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताउनुभएको छ । शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १ सय १२ मिलियन मेट्रिकटन ग्याँस पत्ता लागेको बताउँदै यसबाट नेपालले आर्थिक उन्नति गर्नसक्ने बताउनु भयो । उहाँले दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम शुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताउनु भयो । धौवादी फलाम कारखानाको काम अघि बढिरहेको र धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल प्राप्त हुने दाबी गर्नुभयो । त्यसले देशलाई ठूलो टेवा पुग्ने बताउनु भयो ।