स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन देशभरका स्थानीय तहलाई मन्त्रालयको पत्राचार

आषाढ ६, २०८२ शुक्रबार
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन देशभरका स्थानीय तहलाई मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको बताउनुभएको छ ।  शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता बुढाथोकीले सम्बन्धित मन्त्रालयको सहजीकारका लागि थालेको पहल बमोजिम असार १ गते देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई कार्यक्रममा आबद्ध गराउँदा बीमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, नेपालमा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु छुट्टाछुट्टै ऐनबाट सञ्चालित रहेकोमा सबै प्रतिष्ठानलाई एकीकृत रुपमा सञ्चालनका लागि मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images