इरान—इजरायलमा रहेका एक जना नेपाली नागरिकले पनि स्वदेश फर्किन चाहे सरकारले ल्याउँछः परराष्ट्रमन्त्री राणा

आषाढ ६, २०८२ शुक्रबार
इरान—इजरायलमा रहेका एक जना नेपाली नागरिकले पनि स्वदेश फर्किन चाहे सरकारले ल्याउँछः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले द्वद्वग्रस्त देशहरु इरान—इजरायलयमा रहेका एक जना पनि नेपालीहरुले स्वदेश फर्किन चाहेको खण्डमा नेपाल ल्याइने बताउनुभएको छ । इरान र इजरायलमा शुरु भएको युद्धका बारेमा त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने र उनीहरुको सुरक्षा गर्ने भन्ने योजना बनाउनका लागि सिंहदरबारमा बसेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री र पदाधिकारीहरुसँगको छलफल भएको हो । छलफलमा युद्धग्रस्त देशहरुबाट नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले काम गरिहरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images