विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलन अन्त्य गर्नुपर्छः अध्यक्ष दाहाल

आषाढ ६, २०८२ शुक्रबार
विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलन अन्त्य गर्नुपर्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलनलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान त्यति नदिने र विपद् आइसकेपछि त्यसको तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्न बाध्य हुनुपर्ने प्रचलन रहेको बताउनु भयो । उहाँले तयारी नभएकै कारणले विपद्बाट ठूलो क्षति भोग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images