नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निश्चित जिल्ला र क्षेत्र बाहेक नागरिकलाई नागरिक नै नसोचेको टिप्पणी गर्नुभयो । उहाँले निश्चित क्षेत्रलाई मात्रै अङ्कित गरेर विनियोजन बजेटले देशलाई कहाँ पु¥याउला ? भन्दै प्रश्न गर्नुभयो ।