नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली वमोजिम निर्धारण भएपनि सूचिबाट हटाइनु दुःखद् भएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नियमावलीमै व्यवस्था भएको विषयमा रास्वपाले अर्घेल्याई गर्नु दुःखद् भएको बताउनुभएको हो । संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पु¥याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूचि हेरफेर गर्नुभएको उहाँको दाबी थियो ।