राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै उनीहरुले बैठक नै बहिष्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएपछि रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् । सभामुखले कार्यसूची अगाडी बढाएपछि उनीहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।