राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा उनीहरु विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचिलाई अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए । साथै, रास्वपाका सांसदहरुले आजको बैठकमा पनि निलो रिबन बाँधेर सांकेतिक विरोध जनाएका छन् ।