अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा इरानमाथि हमला गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिनुहुने भएको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीवार पत्रकार सम्मेलनका क्रममा यस्तो बताउनुभएको हो । राष्ट्रपतिले आफूलाई स्पष्ट सन्देश दिनुभएको भन्दै उहाँले निकट भविष्यमा इरानसँग वार्ता हुने की नहुने भन्ने स्पष्टता नरहेको बताउनु भयो ।