विधेयकमा राजनीति गर्न खोज्नु खेदजनकः एमाले प्रमुख सचेतक बर्तौला

आषाढ ५, २०८२ बिहीबार
विधेयकमा राजनीति गर्न खोज्नु खेदजनकः एमाले प्रमुख सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेश भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गर्नुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वर्तौलाले समितिले चारदिन अघि सदमा पेश गरेको प्रतिवेदनमा जालझेल, षड्यन्त्र र आशंका कसैले पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । संविधान बमोजिम विनियोजन विधेयक रोक्न नसकिने अवस्थामा संसद चलेको स्पष्ट पार्दै विनियोजन विधेयकसँगै अन्य महत्वपूर्ण विधेयकहरु समयसीमाभित्रै पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images