नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको माग अनावश्यक भएको टिप्पणी गर्नुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले यस्तो टिप्पणी गर्नुभएको हो । रास्वपाले उठाएको विषय सैद्धान्तिक रूपमा उचित नभएको उल्लेख गर्दै उहाँले रास्वपाले प्रतिष्ठाको विषय बनाएको जिकिर गर्नुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल २२ वटै मन्त्रालयका कुनै न कुनै कर्मचारीमाथि छानविन गरिरहेको उल्लेख गर्दै सबै मन्त्रीहरूले राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।