अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः काँग्रेस सांसद गिरी

आषाढ ५, २०८२ बिहीबार
अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः काँग्रेस सांसद गिरी

नेपाली काँग्रेसका सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत रुपमा आएको निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पनि पारित हुनुपर्ने बताउनुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताउनु भयो । सरकारले अति गरेको खण्डमा काँग्रेसले सरकारको बारेमा पनि सोच्नसक्ने चेतावनी दिनुभयो । यस्तै भइरहे सरकारको बारेमा सोच्न नेतृत्वलाई घच्घच्याउने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images