भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही

आषाढ ५, २०८२ बिहीबार
भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्न अपिल गर्नुभएको छ ।  प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विषेशको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको हो । उहाँले उक्त प्रकरणमा अहिलेका गहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताउनु भयो । उहाँले लाखौँ नेपालीहरु विदेशमा भिजिट भिसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images