असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने

आषाढ ४, २०८२ बुधबार
असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने

नेपाली काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु असार ५ गतेका दिन बन्द रहने भएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले असार ५ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै महामन्त्री गगनकुमार थापाले असार ४,५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको बताउनु भयो । पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता ढुण्डिराज शास्त्रीको गत सोमवार उपचारका क्रममा निधन भएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images