इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र रुसी समकक्षी सर्गेई लाभरोभले इरान र इजरायलबीचको तनाव रोक्न आह्वान गर्नुभएको छ । राजनीतिक र कुटनीतिक समाधान र वार्तामा फर्कन आग्रह समेत गर्नुभएको छ । फोन वार्ताको क्रममा दुई मन्त्रीहरूले संकटको समाधान सैन्य शक्ति नभएकोमा जोड दिनुभयो । युद्धले क्षेत्रीय सुरक्षा र स्थिरतामा गम्भीर परिणाम ल्याउनसक्ने बताउनु भयो । अब्देलाट्टी र लाभरोभ दुवैले शान्ती पुनस्र्थापना गर्नु नै हालको द्वन्द्वलाई छिमेकी देशहरू र धेरै क्षेत्रमा विस्तार हुनबाट रोक्ने एकमात्र तरिका भएको बताउनु भयो ।