सरकारले योजना बैंकलाई स्वार्थपूर्ति गर्ने हतियार बनायोः सांसद बस्नेत

आषाढ २, २०८२ सोमबार
सरकारले योजना बैंकलाई स्वार्थपूर्ति गर्ने हतियार बनायोः सांसद बस्नेत

नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो स्वार्थ पूरा गर्नका लागि योजना बैंकलाई सरकारले हतियार बनाएको आरोप लगाउनुभएको छ ।  सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले सत्ता पक्षले तथ्यलाई धुवाँको पर्दाले छोप्ने कोशिस गरेको आरोप लगाउनुभएको हो । उहाँले बजेटमा एकातिर तीन करोडभन्दा कमका योजनाहरु हटाइएको भन्ने तर बजेट कितावमा भने १ लाखदेखि १० लाखसम्मका योजना समावेश गरिएको बताउँदै कस्ता योजना घटाइयो र कस्ता योजना कायम गरियो भनेर तुलनात्मक अध्ययन गरिनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images