नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारले घोषणा गरेबमोजिम छिटै भिजिट भिसासँग सम्बन्धित समस्या समाधानका लागि छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले ३० दिन भनिएपनि अब केही दिनभित्रै छानविनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले भिजिट भिसाको विषय आम जनताको सरोकारको विषय बन्दै गएकोले सरकारले गरेको प्रतिवद्धताअनुसार तत्काल काम शुरु गर्नुपर्ने बताउनु भयो ।