प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । नासेर अस्पतालले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणको श्रृंखलावद्ध रूपमा दक्षिणी गाजापट्टी शहर खान युनिसमा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार खान युनिसमा पनि आफ्नो घर पुग्ने प्रयास गर्दा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । यसका साथै खान युनिसको दक्षिणमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोन आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु भएको स्रोतहरूले बताएका छन् । उत्तरमा अल–शिफा अस्पतालले एक विज्ञप्तिमा भनेको छ कि इजरायली सेनाले बेइत लाहिया क्षेत्रमा नागरिकहरूलाई लक्षित गरेपछि सात जनालाई अस्पतालमा स्थानान्तरण गरिएको छ ।