पश्चिमी भारतको महाराष्ट्र राज्यमा आईतवार पुल भत्किँदा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३२ जना घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट लगभग १२९ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको कुण्डमालामा इन्द्रायणी नदीमाथिको पुल भत्किएको हो । अधिकारीहरूले खोज र उद्धार कार्य सञ्चालन गर्न भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोलीसहित प्रहरी, स्वास्थ्य विभाग र विपद् प्रतिक्रिया बलका कर्मचारीहरूको टोली घटनास्थलमा पठाएका छन् । ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।