इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेशनले पश्चिमी मरुभूमिको अबु सेनान क्षेत्रमा नयाँ तेल खानी खोज गरेको बताएको छ । इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आईतवार यो घोषणा गरेको हो । प्रारम्भिक परीक्षण नतिजाहरू अत्यधिक आशाजनक रहेको बताइएको छ। जसले दैनिक उत्पादन दर १ हजार ४ सय ब्यारेल कच्चा तेल र बहरिया संरचनाबाट लगभग दश लाख घन फिट ग्यासको संकेत गर्दछ ।