चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड पुग्ने प्रक्षेपण गरिएको छ । जसमा वागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको छ । वागमती प्रदेश सरकारले बार्षिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त अनुमान गरेको हो । हालै सार्वजनिक वार्षिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.४८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।