गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभइ विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्ने बताउनुभएको छ । रोल... अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताउनु भयो । उहाँले मुद्दामा पनि नयाँनयाँ चुनौतिहरु देखिरहेको उल्लेख गर्दै त्यसअनुसार नै अघि बढ्न जरुरी रहेको बताउनु भयो । अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको बताउनु भयो ।