बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जस्थित जनशक्ति टोलले संरक्षण गर्दै आएको बुद्ध मूर्ति स्थापना गरिएको जग्गा समेत अनधिकृत रूपमा विक्रीवितरण भएको पाइएको छ । बौद्व मन्दिर स्थापनाका लागि बुद्धको मूर्ति राखेर पर्खाल लगाई संरक्षण गरिएको जग्गा केही व्यक्तिहरूले अनधिकृत रूपमा कब्जा गर्न लागेको भन्दै स्थानीय जनता संरक्षणमा जुटेका हुन् । २०६८ साल असार ७ गते तत्कालीन मोतीपुर गाउँ विकास समितिले उक्त स्थानमा बुद्ध मूर्ति स्थापना गर्न लागिएकाले सहयोग गर्न सिफारिस गरेको थियो ।