शिक्षा क्षेत्रमा देखिएका समस्याहरुमा विगतको नेतृत्व दोषीः काँग्रेस सांसद भण्डारी

जेठ ३१, २०८२ शनिबार
शिक्षा क्षेत्रमा देखिएका समस्याहरुमा विगतको नेतृत्व दोषीः काँग्रेस सांसद भण्डारी

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरुमा विगतको नेतृत्व दोषी रहेको बताउनुभएको छ ।  शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले समयमै ऐन कानून निर्माण हुन नसक्दा अहिलेका समस्या आइरहेको बताउनुभएको हो । उहाँले पूर्खाहरुले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याएको भएपनि करिव १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको स्पष्ट पार्नुभयो । सरकारी विद्यालयलाई विश्वास गर्ने वातावरण बन्न नसक्नु सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images