नेकपा एमालेका सांसद कालुराम राईले शिक्षक महासंघसँग भएको सहमतिअनुसार असार १५ गतेको समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्ने बताउनुभएको छ । शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद राईले विद्यालय शिक्षा विधेयक पारित गर्ने वातावरण बनेपनि अझै केही विषय छलफलमै रहेकोले विधेयक पेश गर्न समस्या आउसक्ने बताउनुभएको हो । उहाँले निजी र सामुदायिक विद्यालयको मानक एकै प्रकारको बनाउनुपर्नेमा जोड दिनुभयो ।