स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरुले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बनिने बताउनुभएको छ । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज सानो त्रुटीले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताउनु भयो । यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको उहाँको आरोप छ । अहिलेको समय प्रविधिकरणको भएकाले भौतिक रुपमा भेटेरै सबै कुरा गर्नुपर्छ भन्ने नरहेको बताउनु भयो ।