राजनीतिक दलहरु सुध्रिन जरुरीः मन्त्री पन्त

जेठ ३१, २०८२ शनिबार
राजनीतिक दलहरु सुध्रिन जरुरीः मन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राजनीतिक दलहरु सुध्रिन जरुरी रहेको बताउनुभएको छ ।  सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताउनुभएको हो । उहाँले अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी रहेको पनि बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा धेरै जटिलताहरु देखिएको बताउँदै दीर्घकालीन रुपले मेहनत गरेर शिक्षा क्षेत्रमा नीतिगत हस्तक्षेप गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरुमा पनि परिवर्तन गर्न जरुरी देखिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images