प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन हुनुभएको सूचना

जेठ ३०, २०८२ शुक्रबार
प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन हुनुभएको सूचना

प्रतिनिधि सभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाइएको छ ।  सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाउनुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दी भन्दा बढी जग्गा खरिदविक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पती हिनामिना हानी नोक्शानी गरी भ्रष्टाचार गरेको अरोप लगाउँदै मुद्दा दायर गरेको छ । अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट रौतहट जिल्लाबाट निर्वाचित हुनुहुन्छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images