भिजिट भिसा प्रकरणः माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

जेठ ३०, २०८२ शुक्रबार
भिजिट भिसा प्रकरणः माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने विरोध जनाएन । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर विरोध जनाएका हुन् । संसदको कारबाही शुरु गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो । तर रास्वपा र राप्रपाले विरोध जनाइरहँदा संसद अवरोध कायम छ । संसदमा सभामुख घिमिरेले संसदमाबोल्ने वातावरण बनाउन आसन ग्रहण गर्न आग्रह गरिरहनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images