कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित काम भइरहेको छः कृषिमन्त्री अधिकारी

जेठ ३०, २०८२ शुक्रबार
कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित काम भइरहेको छः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।  शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट कृषि उत्पादन र उत्पाकत्व वृद्धिका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको हो । उहाँले वाली तथा वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन र बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न आर्थिक वर्ष २०७३÷७४ देखि नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images