उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको टेक एण्ड पे प्रावधान सच्याइने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा टेक एण्ड पे, टेक अर पे का विषयले चर्चा पाएको बताउँदै उर्जामन्त्री खड्काले यो बुझेर वा नबुझेर वा गल्तीले जुनसुकै कारणले आएको भएपनि सच्याइने बताउनु भयो । त्यसका लागि उर्जा मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको जानकारी दिनुभयो ।