काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्युनिकरणका लागि तीन तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृक्तिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्युनिकरणका लागि स्थानीय सरकारको भुमिका समेत महत्वपूर्ण हुने उहाँको भनाइ छ । संघ, प्रदेश र स्थानीय सर