नेपाल प्रहरीलाई आगामी वर्ष तलव, पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री लेखक

जेठ ३०, २०८२ शुक्रबार
नेपाल प्रहरीलाई आगामी वर्ष तलव, पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रुपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ । उहाँले यसअघिका वर्षहरुमा ८ देखि ९ महिनासम्मका लागि तलव, पोशाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images