एक हप्ताको अवधिमा लस एन्जलस प्रहरी विभागले आप्रवासन विरोध प्रदर्शनमा लगभग ४ सय जनालाई पक्राउ गरेको बताएका छन् । पक्राउ र हिरासतमा लिइएकाहरूमा ३ सय ३० गैरकानूनी आप्रवासीहरू रहेका छन् भने आक्रमण र अवरोध गरेको आरोपमा १ सय ५७ जना पक्राउ परेका छन् । अमेरिकाको दोस्रो ठूलो शहरमा गत मंगलवार रातिदेखि कफ्र्यू लागेको थियो । उल्लंघन गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।