बैंक अफ स्पेनले वृद्धि पूर्वानुमान घटायो

जेठ ३०, २०८२ शुक्रबार
बैंक अफ स्पेनले वृद्धि पूर्वानुमान घटायो

अमेरिकी भन्सार शुल्क नीतिहरूबाट उत्पन्न अनिश्चितताका कारण बैंक अफ स्पेनले देशको आर्थिक वृद्धि पूर्वानुमानलाई घटाएर २०२५ को लागि प्रक्षेपण २.७ प्रतिशतबाट २.४ प्रतिशत र २०२६ को लागि १.८ प्रतिशतमा घटाएको छ । बैंकका गभर्नर जोस लुइस एस्क्रिभाले संसदको आर्थिक आयोगलाई सम्बोधन गर्दै यो घोषणा गर्नुभएको हो । जुन १० मा स्पेनी अर्थतन्त्रमा बैंकको त्रैमासिक प्रतिवेदन प्रकाशित हुनुभन्दा अगाडि बैंकले यो घोषणा गरेको हो । एस्क्रिभाले आफ्नो भाषणमा कम्तीमा १८ पटक अनिश्चितता शब्द प्रयोग गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images