एयर इण्डिया विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि

जेठ ३०, २०८२ शुक्रबार
एयर इण्डिया विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि

भारतका संघीय मन्त्री अमित शाहले बिहीवार पश्चिमी राज्य गुजरातमा भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि गर्नुभएको छ । उहाँले दुर्घटनाग्रस्त विमानमा १ लाख २५ हजार लिटर इन्धन रहेको पनि बताउनु भयो । विमानमा २ सय ३० यात्रु र १२ चालक दलका सदस्य रहेको बताउनु भयो । शाहले एयर इण्डिया विमान दुर्घटनामा मानिसहरूलाई बचाउने प्रयास असफल भएको बताउनु भयो । विमानमा रहेको १ लाख २५ हजार लिटर इन्धनको ज्वलनले तापक्रम अत्यधिक उच्च भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको बताउनु भयो । प्राधिकरणले अहिलेसम्म विमान दुर्घटनामा मृत्यु हुनेको संख्या सार्वजनिक गरेको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images